Notice

2083/2/26 22:37:13

जिम्मेवारी हस्तान्तरण

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)विव्यस, पिटिए र शिक्षक /कर्मचारीहरूको संयुक्त बैठकबाट गठन गरिएका तपसिल बमोजिमका तहगत तथा विधागत जिम्मेवारी हस्तान्तरण गर्दै शिक्षकहरूलाई टिका लगाएर बधाई तथा शुभकामना कार्यक्रम सुसम्पन्न।
तपसिल
१ माध्यमिक तह (९-१०) संयोजक :- अम्बादत्त पन्त
सह संयोजक :-अर्जुन पाल
२ आधारभूत (६-८) संयोजक :- राम सिंह कार्की
सह संयोजक :- बसुन्धरा भट्ट
३ आधारभूत तह (१-५) संयोजक :- पुष्पा जोशी
सह संयोजक :-प्रेम धामी
४ बाल विकास संयोजक :- पुष्पा भट्ट जोशी
सह संयोजक :- भागरथी भट्ट
५ अतिरिक्त क्रियाकलाप संयोजक :- जयन्ती भट्ट
सह संयोजक :- दिवाकर जोशी
६ खेलकुद संयोजक :- भुवन भट्ट
सह संयोजक :- विवेक ठगुन्ना
७ अभिभावक समन्वय तथा अतिथि सत्कार
संयोजक :-भवानी चन्द
सह संयोजक :- मीना सामन्त
८ अनुशासन तथा स्वयंसेवक परिचालन
संयोजक:-प्रकाश राज जोशी
सह संयोजक :- शंकर दत्त जोशी
९ साङ्गीतिक पिटी तथा प्रार्थना व्यवस्थापन
संयोजक :- उत्तम विष्ट
सह संयोजक :- निर्मला जोशी
१० योग,ध्यान तथा मनोपरामर्श
संयोजक:- तारा पाल
सह संयोजक मालती पन्त
११ रेडक्रस, इको क्लब, बाल क्लब
संयोजक :- विष्णुदत्त भट्ट
सह संयोजक :- निर्मला भट्ट
१२ भाषिक अभ्यास व्यवस्थापन
संयोजक :- भुवन पाण्डेय
सह संयोजक :- लक्ष्मी अवस्थी
पिटिए शिक्षक प्रतिनिधी:- जयन्ती भट्ट, विष्णुदत्त भट्ट
मिति २०८३/०२/२६ मङ्गलबार खाजा समय।
Read More
2083/2/25 22:35:42

सूचना।

सूचना।
Read More
2083/2/24 22:34:19

विव्यस, पिटिए तथा शिक्षक कर्मचारीहरूको संयुक्त बैठक

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) विव्यस, पिटिए तथा शिक्षक कर्मचारीहरूको संयुक्त बैठकमा शैक्षिक सत्र २०८२ को SEE नतिजा विश्लेषण, शिक्षक डायरी/ कलम वितरण लगायत शैक्षिक सत्र २०८२ का विविध विषयहरूको समीक्षात्मक छलफल कार्यक्रम सुसम्पन्न।
मिति २०८३/०२/२४ आइतबार
Read More
2083/2/23 22:32:22

हार्दिक बधाई, शुभकामना तथा धन्यवाद !

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल), भीमदत्त नगरपालिका–१८, महेन्द्रनगर, कञ्चनपुरमा आयोजित अभिभावक भेला सफलतापूर्वक सुसम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यू सभाध्यक्ष रहनुभएको उक्त अभिभावक भेलामा अभिभावक ज्यूहरूले विद्यालयको शैक्षिक गुणस्तर, व्यवस्थापकीय पक्ष,अनुशासन लगायत विविध विषयमा महत्वपूर्ण छलफल गरेर रचनात्मक सल्लाह र सुझावसमेत प्रस्तुत गर्नुभएकोमा हार्दिक धन्यवाद।
आजको अभिभावक भेलाबाट सर्वसम्मत श्री हरिश भट्ट ज्यूको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ । नव गठित शिक्षक अभिभावक संघलाई हार्दिक बधाई तथा सफल कार्यकालको मंगलमय शुभकामना।
साथै आफ्नो अमूल्य समय दिएर विद्यालयको चौतर्फी विकासमा चासो,चिन्ता र सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूलगायत सबैलाई विद्यालय परिवारको तर्फबाट हार्दिक हार्दिक धन्यवाद।
मिति २०८३/०२/२३ शनिबार।
Read More
2083/2/22 22:27:16

आधारभूत (कक्षा ६-८ )मा अध्यापनरत शिक्षक स्टाफहरूसँग शैक्षिक गुणस्तर सुधार तथा समसामयिक विषयमा छलफल कार्यक्रम

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) आधारभूत (कक्षा ६-८ )मा अध्यापनरत शिक्षक स्टाफहरूसँग शैक्षिक गुणस्तर सुधार तथा समसामयिक विषयमा छलफल कार्यक्रम विद्यालयको खाजा समयमा सुसम्पन्न।
मिति २०८३/०२/२२गते शुक्रबार।
Read More
2083/2/22 22:28:52

प्रधानाध्यापक क्षमता विकास तालिमको क्रममा

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)नजिकै रहेको शैक्षिक तालिम उपकेन्द्र कञ्चनपुरमा सञ्चालित प्रधानाध्यापक क्षमता विकास तालिमको क्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूबाट तालिममा सहभागी हुनुभएका प्रधानाध्यापक तथा शिक्षकहरूसँग विद्यालयको शैक्षिक अवलोकनको क्रममा शैक्षिक गुणस्तर,असल अभ्यास आदानप्रदान लगायत विद्यालयका विविध पक्षमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। सम्पूर्ण सहभागी शिक्षकहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद । मिति २०८३/२/२२ शुक्रबार ।
Read More
2083/2/22 22:30:20

म्याग्दी जिल्ला धवलागिरि गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख ज्यू तथा पालिका भरिका प्रधानाध्यापक ज्यूहरूको टोलीसँग

शैक्षिक अवलोकन भ्रमणको क्रममा म्याग्दी जिल्ला धवलागिरि गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख ज्यू तथा पालिका भरिका प्रधानाध्यापक ज्यूहरूको टोलीसँग श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) को शैक्षिक गुणस्तर, असल अभ्यास आदानप्रदान तथा विद्यालयका विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न।
Read More
2083/2/22 22:31:23

शिक्षक अभिभावक संघ गठन गर्न अभिभावक भेला

यस पत्रअनुसार भोलि मिति २०८३/०२/२३गते शनिबार शिक्षक अभिभावक संघ गठन गर्न अभिभावक भेला रहेको तथा पत्र विद्यार्थीहरूमार्फत पठाई सकेको भए पनि कारणबस पत्र प्राप्त नभएमा यसै सूचनामार्फत सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)
विद्यालय परिवार।
Read More
2083/2/21 22:23:08

हार्दिक धन्यवाद।

हार्दिक बधाई!!!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ११ कानुन विषय अध्ययनरत लगनशील विद्यार्थी बालकृष्ण सुनारले काठमाडौंमा सम्पन्न भएको U-22 National Boxing Championship Tournament मा सहभागी भई तृतीय स्थान हासिल गरेर प्रमाणपत्र तथा मेडल प्राप्त गर्न सफल हुनभएकोमा बिहान प्रार्थना सभामा विद्यालयको तर्फबाट बधाई तथा सम्मान कार्यक्रम सुसम्पन्न।
बालकृष्ण बाबुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना तथा विद्यालयको गरिमा बढाउनुभएकोमा हार्दिक धन्यवाद।
Read More
2083/2/21 22:23:59

हार्दिक बधाई!!!


श्री महेन्द्रनगर माध्यमिक विद्यालयमा अध्ययनरत पाँचौ ब्याचका विद्यार्थीहरूको पाचौ सेमेस्टरमा उत्कृष्ट नतिजा सहित उत्तीर्ण हुनुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको हार्दिक शुभकामना ।
Read More
Back to top