असल अभ्यास आदानप्रदान कार्यक्रम
2082/3/17 10:30:24
सुदूरपश्चिम प्रदेश, श्री शिक्षा विकास निर्देशनालय दिपायल डोटीको आयोजना तथा जिल्ला शिक्षा समन्वय इकाइ कञ्चनपुरको संयोजनमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कटान र श्री पञ्चकृत बैजनाथ माध्यमिक विद्यालय बागफाटा बीच शैक्षिक गुणस्तर सुधार तथा असल अभ्यास आदानप्रदान कार्यक्रम निर्देशनालयका महा निर्देशक श्री दुर्गा दत्त विष्ट ज्यूको प्रमुख आतिथ्यतामा सुसम्पन्न भएको छ।
कार्यक्रमका सभाध्यक्ष जिल्ला शिक्षा समन्वय इकाइ कञ्चनपुरका प्रमुख श्री लक्ष्मण गिरी ज्यू,विशिष्ट अतिथि निर्देशनालयका उप सचिव श्री मदनराज जोशी ज्यू, दुई ओटै विद्यालयका विव्यस अध्यक्षहरू र अतिथि सदस्यहरू, पिटिए, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, तथा सम्पूर्ण शिक्षक कर्मचारीहरू को उपस्थिति रहेको थियो।
आयोजक परिवारप्रति हार्दिक आभार, जिल्ला शिक्षा समन्वय इकाइ तथा सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद।