Notice & Events

हार्दिक बधाई!!!

2082/3/20 10:40:21


दिगो तथा सम्मानित रोजगारीका लागि सीप (ENSSURE) परियोजना अन्तर्गत औधोगिक प्रशिक्षार्थी तालिम कार्यक्रमका उत्कृष्ट प्रशिक्षार्थी,उत्कृष्ट उद्योग तथा उत्कृष्ट शिक्षालयलाई सम्मान समारोह कार्यक्रमा औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सञ्चालन गरेका विद्यालयहरूमध्येश्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)उत्कृष्ट शिक्षालय पुरस्कारका लागि छनोट भई सुदूरपश्चिमकै उत्कृष्ट विद्यालयको प्रमणपत्र र नगद रू १०००००(एक लाख) पुरस्कार प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई!
साथै विद्यालयको चौतर्फी विकासमा अहोरात्र खटेर उत्कृष्ट कार्य गरी विद्यालयलाई यस स्थानमा पुर्याउनुहुने विद्यालय व्यवस्थापन समिति, पिटिए, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, कार्यक्रम संयोजकश्री वासुदेव भट्ट लगायत सबै तह र समूहका संयोजक, सह संयोजक, शिक्षक, कर्मचारी तथा सम्पूर्ण समर्पित अभिभावक ज्यूहरू, लगनशील विद्यार्थीहरू लगायत सरोकारवाला सबैलाई हार्दिक बधाई!!
विद्यालयको मूल्याङ्कन गरी उत्कृष्ट पुरस्कार आयोजना गरेर थप हौसला बढाउने सामाजिक विकास मन्त्रालय ENSSURE परियोजना परिवारप्रति हार्दिक धन्यवाद सहित हार्दिक आभार । मिति २०८२/३/२० गते शुक्रबार।

Back to top