Notice & Events

वृक्षारोपण कार्यक्रम!!!

2082/4/26 11:01:25

वृक्षारोपण कार्यक्रम!!!
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८२ असार १६ गतेकाे पत्र अनुसार ´सगरमाथा वृक्षारोपण महाअभियान`अन्तर्गत श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कुल) मा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । झन्डै १२५ भन्दा बढीको सङ्ख्यामा विभिन्न सौन्दर्यजनक रूख, बिरुवा सुगन्धित वनस्पति विद्यालयकाे चमेनागृह क्षेत्र, नमुना भवन क्षेत्र लगायत खाली रहेको जमिनमा वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रमको व्यवस्थापन र सञ्चालन इको क्लबका संरक्षक, इकाे शिक्षक विष्णुदत्त भट्टले गर्नुभएको थियो भने उद्घाटन विद्यालयका प्रधानाध्यापक एवं प्रमुख संरक्षक देवराज भट्टले गर्नुभएको थियो । आधारभूत तह कक्षा ६ र कक्षा ९ का संरक्षणकर्मी ४ दर्जनभन्दा बढी विद्यार्थीहरूले वृक्षरोपण र र वृक्षारोपण क्षेत्रमा सरसफाईमा सहभागिता जनाएका थिए।

Back to top