2082/3/31 12:30:57
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) को वार्षिक मुखपत्र 'साधारण मञ्जरी' चौथो अंक बिमोचन कार्यक्रम सुसम्पन्न।
भीमदत्त नगरपालिका शिक्षा, युवा तथा
खेलकुद शाखा प्रमुख श्री हरिदत्त जोशी ज्यूको प्रमुख आतिथ्य तथा विव्यस अध्यक्ष श्री विरेन्द्र राज विष्ट ज्युको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा विव्यस, पिटिए तथा शिक्षक, कर्मचारीहरूको उपस्थिति रहेको थियो। निरन्तर खटेर चौथो अंक प्रकाशित गर्नुहुने सम्पादक,व्यवस्थापक, सल्लाहकार, संरक्षक तथा रचनाकार सबैलाई हार्दिक बधाई सहित धन्यवाद ।