श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) कञ्चनपुरमा विद्यालयका चार ओटै नवनिर्मित भवनहरूको प्रतिष्ठा पूजा,श्रृङ्गारिक आरती,अखण्ड
रामायणलगायत दुई दिवसीय आध्यात्मिक कार्यक्रम सुसम्पन्न गर्न सहयोग गर्नुहुने आदरणीय मुख्य पण्डित आचार्य धनश्याम लेखक ज्यू, लगायत गुरुज्यूहरूको सम्पूर्ण टिम, भजन मण्डली, अभिभावक ज्यूहरू, अहोरात्र खटिने शिक्षक तथा कर्मचारीहरू, जुनियर/युवा रेडक्रस, बाल क्लब, इको क्लबका सदस्य, स्वयंसेवक लगायतका विद्यार्थीहरु, विद्यालयको आमन्त्रणलाई स्वीकार गरी पाल्नुभएका सम्पूर्ण महानुभावहरू लगायत प्रत्यक्ष, अप्रत्यक्षमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद तथा हार्दिक आभार प्रकट गरिन्छ।