पठनपाठन बन्द रहने
2082/9/16 07:39:26
श्री महेन्द्रनगर माध्यमिक विद्यालय( साधारण स्कूल)को ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस पुस १५ र १६ गते सुसम्पन्न भएको तथा भोलि देखि पुस १९ गतेसम्म भीमदत्त नगरपालिकाको सूचनाअनुसार राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगितामा सम्पूर्ण शिक्षक, कर्मचारी र खेलाडी विद्यार्थीहरूले सहभागी हुनुपर्ने भएकाले विद्यालयमा बालबिकास देखि कक्षा १२सम्मको पठनपाठन बन्द रहने तथा सबैजनाले रनिङ सिल्डमा सहभागिता जनाउन यस सूचनामार्फत जानकारी गरिन्छ। साथै २० गतेदेखि सम्पूर्ण कक्षाहरू नियमित सञ्चालन हुनेछन । धन्यवाद।