कार्यशालामा उपस्थित भईदिने बारे ।
2081/3/13 18:13:30
मितिः २०८१ असार १३
विषयः कार्यशालामा उपस्थित भईदिने बारे ।
उपरोक्त विषय सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमि भक्तपुरको विज्ञान विषयलाई प्रवर्धन गर्ने उद्देश्यले देशभरीका विद्यालयहरु मध्ये कक्षा ११र१२ मा बिज्ञान विषय पढने विद्यार्थी सख्याको आधारमा सुदुरपश्चिम प्रदेशबाट विज्ञान म्झयलभकतचबतष्यल विद्यालयको रुपमा हाम्रो विद्यालय छनौटमा परेकोले विज्ञान प्रवर्धनका लागी पञ्चवर्षिय विद्यालय विकास योजना निर्माण सम्बन्धी निम्नानुसारका विषयबस्तुमा छलफल गर्नु पर्ने भएकोले मितिः २०८१ असार १४ गते विहान १० बजे विद्यालयको सभाहलमा अनिवार्य उपस्थितिको लागी सम्पुर्ण शिक्षक अभिभावक, विद्यार्थी, विज्ञ तथा सरोकारवालाहरुलाई सूचीत गरिन्छ ।
छलफलका विषयबस्तुहरुः
विज्ञान प्रवर्द्धन विद्यालय विकास योजना निर्माणको लागी विद्यालयको स्थापना र विकास
विद्यालय सेवा क्षेत्र
विद्यालय सुधार योजनाको दुरदृष्टी, लक्ष्य, उद्देश्य र प्राथमिकता प्राप्त कार्यक्रमहरु
शिक्षणविधि, सिकाई सामग्री, र सिकाई उपलब्धी
श्रोत व्यवस्थापन
जनशक्ती व्यवस्थापन
विद्यालयका मुख्य समस्या र समाधानका उपायहरु
बजेट अनुमान
अनुगमन
सम्पुर्ण बुदाहरुमा छलफल गरी विद्यालय व्यवस्थापन समितिमा प्रस्तुत गर्ने
देवराज भट्ट
प्रधानाध्यापक