६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरद्वारा आयोजित माध्यमिक तह (कक्षा ९-१०) जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा भीमदत्त नगरपालिकाबाट प्रतिनिधित्व गर्दै श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १०'क' मा अध्ययनरत जेहनदार अनुशासित तथा बहुप्रतिभावान विद्यार्थी भावना जोशीले प्रथम स्थान हासिल गरेर नगद रू ७,००० (सात हजार) प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै आयोजक शिक्षा विकास तथा समन्वय एकाइलाई हार्दिक धन्यवाद।