श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण) मा सञ्चालित अतिरिक्त कक्षा अन्तर्गत कक्षा १० विज्ञान विषयको परीक्षा OMR प्रणालीबाट सफलतापूर्वक सम्पन्न भएको छ। उक्त परीक्षामा जम्मा ५० वटा वस्तुगत प्रश्न समावेश गरिएको थियो र पूर्णाङ्क १०० रहेको थियो। बिदाको दिनमा पनि शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर खटेर काम गर्नुहुने संयोजक, सह संयोजक, विषय शिक्षक, सम्पूर्ण विद्यार्थी नानीबाबुहरूलाई तथा आदरणीय अभिभावक ज्यूहरूलाई हार्दिक धन्यवाद।
मिति २०८३/०५/२९ सोमबार (तीज पर्व)