६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भीमदत्त नगरपालिकाद्वारा आयोजित माध्यमिक तह (कक्षा ९-१०) स्तरीय वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १०'क' मा अध्ययनरत जेहनदार अनुशासित तथा बहुप्रतिभावान विद्यार्थी भावना जोशीले प्रथम स्थान हासिल गरेर नगद रू ७,००० (सात हजार) प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना। साथै आयोजक भीमदत्त नगरपालिकालाई हार्दिक धन्यवाद।