भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) का कक्षा ११ र १२ मा अध्ययनरत विज्ञान समूहका विद्यार्थीहरूद्वारा स्वस्फूर्त रूपमा राहत रकम संकलन गरी हस्तान्तरण गरिएको छ।
विपद्को यस दुःखद घडीमा विद्यार्थीहरूले देखाएको मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सहयोगी भावनालाई हार्दिक धन्यवाद।