099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

कृतिका भट्ट र भावना जोशीलाई हार्दिक बधाई तथा धन्यवाद !

हार्दिक बधाई तथा धन्यवाद!
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० समूह'क' मा अध्ययनरत बहुप्रतिभावान विद्यार्थी भावना जोशीले निरामयम् योग प्रतिष्ठान काठमाडौंद्वारा आयोजित राष्ट्रव्यापी अनलाइन गीताज्ञान वक्तृत्वकला प्रतियोगिताका सम्पूर्ण चरणहरू पार गर्दै देशभरका ७०जना प्रतिस्पर्धीहरू मध्ये उत्कृष्ट प्रस्तुतीसहित प्रथम स्थान हासिल गरेर नगद रू. २५ हजार तथा कक्षा ११ विज्ञान समूह 'ग' मा अध्ययनरत कृतिका भट्टले उत्कृष्ट १५ वक्ता अन्तर्गत छनौट भइ नगद रू.१ हजार तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा श्री कृष्ण जन्माष्टमीको दिन वितरण गरिएको उक्त पुरस्कार तथा प्रमाणपत्र काठमाडौंबाट ल्याएर हस्तान्तरण गर्नुहुने आदरणीय व्यक्तित्व योगाचार्य सुरेन्द्र ओझा सर तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद।

Attachments

Back to all notices