099521264 mahendranagarsceschool@gmail.com

SHREE MAHENDRANAGAR SECONDARY SCHOOL

हार्दिक धन्यवाद तथा आभार! 🙏


श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) का हाल विभिन्न ओहदा,पेशा र नेतृत्वमा रहनुभएका आदरणीय भूतपूर्व विद्यार्थीहरूसँग दशैँ–तिहारको अवसरमा विद्यालयका गतिविधि, असल अभ्यास, आगामी ५०औँ स्वर्ण जयन्ती (पुस १५), संस्थापक प्रधानाध्यापक स्वर्गीय धर्मानन्द भट्ट सरको सालिक स्थापना तथा विद्यालयलाई थप सुधार र समुन्नत बनाउन सकिने उपायलगायतका समसामयिक विषयमा सार्थक छलफल तथा आत्मीय भेटघाट सम्पन्न भयो। यस सुन्दर अवसरको वातावरण सिर्जना गर्नुहुने पूर्वविद्यार्थी तथा राष्ट्रिय भलिबल प्रशिक्षक आदरणीय दाजु श्री जगदीश भट्टज्यूलगायत उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौ ।

Attachments

Back to all notices