“विद्यार्थीहरूलाई कामको संसार चिनाउने कार्यक्रम”
2082/11/26 05:42:54
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय, महेन्द्रनगर (कञ्चनपुर) मा INSUR Project को सहयोगमा “विद्यार्थीहरूलाई कामको संसार चिनाउने कार्यक्रम” अन्तर्गत आज कक्षा ९ का विद्यार्थीहरूले आफ्नो भविष्य, स्वरोजगारी, उद्यमशीलता र जीवनमा सफल हुने बाटोबारे गहन रूपमा सिक्ने अवसर प्राप्त गरेर विभिन्न नौ ओटा समूहले आफूले गर्ने कामको प्रस्तुतीकरण गरेका छन्।
भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशी ज्यूको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको उक्त कार्यक्रममा विव्यस अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यू प्रधानाध्यापकश्री देवराज भट्ट ज्यू, स्रोत शिक्षक श्री लोकेन्द्र प्रसाद जोशी सर तथा इन्सोयर परियोजनाका प्रतिनिधिको उपस्थिति रहेको थियो। सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद। मिति २०८२/११/२६ मङ्गलबार