Notice & Events

पोसाक वितरण कार्यक्रम

2083/4/26 07:12:19

श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा बालविकास कक्षादेखि कक्षा १ सम्म अध्ययनरत दलित विद्यार्थीहरूलाई भीमदत्त नगरपालिकाद्वारा विद्यालय पोसाक वितरण कार्यक्रम सुसम्पन्न। पिपिए अध्यक्ष श्री हरिश भट्ट ज्यूको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १८ का वडाध्यक्ष श्री रविन्द्र प्रसाद देवकोटा ज्यू, विशिष्ट अतिथि कार्यपालिका सदस्य गणेश आग्री ज्यु,विव्यस तथा पिटिए सदस्यहरू लगायतको उपस्थिति रहेको थियो ।
बालबालिकाहरूलाई नियमित पठनपाठनमा टेवा दिने परोपकारी कार्यका लागि भीमदत्त नगरपालिकालाई हार्दिक धन्यवादसहित हार्दिक आभार।
मिति २०८३/०४/२६ मङ्गलबार ।

Back to top