School to Work Transition” कार्यक्रमको दोस्रो दिन!!!
2082/12/2 05:55:39
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा सञ्चालन गरिएको “School to Work Transition” कार्यक्रमको दोस्रो दिन!!!
विद्यार्थीहरूलाई पढाइसँगै जीवनोपयोगी सीप सिकाउने उद्देश्यले विभिन्न व्यवहारकुशल सिपको अभ्यासहरूद्वारा कामको संसार चिनाउने यस कार्यक्रममा विद्यार्थीहरूले उत्साहका साथ सहभागिता जनाउँदै सीपमूलक कार्य तथा आय आर्जनप्रति देखाएको लगनशीलता र मितव्ययीताले भविष्यमा आत्मनिर्भर बन्न प्रेरित तथा मार्ग निर्देशन गराएको छ।
उक्त कार्यक्रममा भिमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशी, सामाजिक विकास समितिका सदस्य कलावती मिश्र, विव्यस अध्यक्ष, प्रधानाध्यापक तथा स्थानीय उद्योगी–व्यवसायीहरू,शिक्षक कर्मचारीहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा महत्वपूर्ण समय दिएर उपस्थित भई विद्यार्थीहरूको हौसला बढाइदिनुभएकोमा सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद ।