मेघा विद्यालयको लागी फिल्ड अनुगमन
2082/12/18 07:25:40
हार्दिक बधाई तथा धन्यवाद!!!
श्री महेन्द्रनगर माध्यमिक विद्यालयमा शैक्षिक पूर्वाधार सुदृढीकरणतर्फ एउटा महत्वपूर्ण र ऐतिहासिक कदम अगाडि बढेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइको योजनाअनुसार विद्यालयको नयाँ भवन निर्माणका लागि लेआउट तयारी तथा फिल्ड अनुगमन प्राविधिक टोलीको सक्रिय सहभागितामा सफलतापूर्वक सम्पन्न गरिएको छ।
मेघा विद्यालयका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यअनुसार पहिलो चरणमा १२ कोठे सुविधा सम्पन्न कक्षा कोठा, आधुनिक संरचना र छुट्टै शौचालयसहितको भवन निर्माण प्रक्रिया छिट्टै टेन्डरमार्फत अघि बढाइनेछ। यसले विद्यालयको भौतिक स्वरूपलाई मात्र नभई शिक्षण–सिकाइको गुणस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने दृढ विश्वास गरिएको छ।
विद्यालयलाई यस्तो गौरवमय तथा ऐतिहासिक अवस्थामा पुर्याउनुहुने विद्यालय व्यवस्थापन समितिलाई विशेष धन्यवादका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुने सम्पूर्ण शिक्षक–कर्मचारी, अभिभावक, विद्यार्थी, सहयोगी हातहरू तथा शुभचिन्तक महानुभावजहरूलाई हार्दिक बधाई तथा धन्यवाद।