सामाजिक विकास मन्त्रालय का श्रीमान सचिवज्यूसहित टोली द्धारा विद्यालय अनुगमन ।
2082/12/20 07:44:54
हाम्रो शैक्षिक धरोहर श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कुल) मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालय का श्रीमान सचिवज्यूसहित विभिन्न मन्त्रालयका आदरणीय सरहरू, CTEVT सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुखज्यू, लगायत आदरणीय सरहरु( ENSSURE) इन्स्योर प्रोजेक्टका आदरणीय सरहरू तथा प्राविधिक धारसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थितिमा सम्पन्न अनुगमन कार्यक्रमले विद्यालयको शैक्षिक यात्रामा नयाँ ऊर्जा र प्रेरणा संचार गरेको छ।
विशेषतः सुइस सरकारको सहयोगमा सञ्चालित २४ महिने औद्योगिक प्रशिक्षण कार्यक्रम तथा प्राविधिक शिक्षा सम्बन्धी विविध कार्यक्रमहरूको सूक्ष्म अवलोकन, समीक्षा र मार्गदर्शनले आगामी दिनमा अझ प्रभावकारी, व्यवहारिक र गुणस्तरीय शिक्षातर्फ अघि बढ्ने विश्वास थप मजबुत बनाएको छ।
यस महत्वपूर्ण अनुगमनका क्रममा प्रदान गर्नुभएको अमूल्य सुझाव, सहकार्य र प्रेरणादायी उपस्थिति प्रति सम्पूर्ण आदरणीय सरहरु प्रति हार्दिक धन्यवाद तथा गहिरो आभार व्यक्त गर्दछौं।