Notice & Events

हार्दिक धन्यवाद ।

2082/9/15 07:34:44

श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल)को ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ आज पुस १५ गते सभ्य र भव्य रूपमा सुसम्पन्न भएको छ । यस कार्यक्रममा आफ्नो अमूल्य समय दिएर गरिमामय उप अथिति जनाउनुहुने प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर प्रमुख श्री पदम बोगटी ज्यू, विशिष्ट अतिथि उप प्रमुख श्री निलम लेखक ज्यू,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री हरिदत्त जोशी ज्यू लगायत आदरणीय विशिष्ट अतिथि ज्यूहरू,अतिथि गण,विभिन्न विद्यालयका अध्यक्ष ज्यूहरू ,प्रधानाध्यापक ज्यूहरू,सुरक्षाकर्मी,समाजसेवी, शिक्षाप्रेमी,विव्यस, पिटिए, सञ्चारकर्मी,पत्रकार मित्र तथा आदरणीय अभिभावक ज्यूहरूप्रति हार्दिक आभार प्रकट गरिन्छ। साथै अहोरात्र खटेर उत्कृष्ट कला प्रस्तुत गर्ने विद्यार्थीहरू,तयारीमा खटनुहुने खाद्य मेला,विज्ञान प्रदर्शनी,नृत्य,जलपान,मञ्च व्यवस्थापन, अतिथि सत्कार, खेलकुद, स्वयंसेवक,रेडक्रस, मार्चपास लगायत सबै क्षेत्रका संयोजक ज्यूलगायतको टिम, सम्पूर्ण शिक्षक कर्मचारी,पूर्व विद्यार्थीहरूलाई हार्दिक धन्यवाद ।
नोट :- भोलि पनि निरन्तर सांस्कृतिक कला तथा पुरस्कार वितरण कार्यक्रम दिनभर रहने जानकारी गरिन्छ ।

Back to top