३० जना नयाँ विद्यार्थीहरूलाई बालबिकास कक्षामा अक्षरारम्भ
2081/10/21 20:45:22
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय ९साधारण स्कूल०मा आज सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम धुमधामसँग मनाएको छ । अक्षरारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यू तथा शिक्षक स्टाफहरूले आफ्ना नानीबाबुहरूलाई सहभागी गराउनुभएको छ। ३० जना नयाँ विद्यार्थीहरूलाई बालबिकास कक्षामा अक्षरारम्भ गराइएको उक्त कार्यक्रममा साङ्गीतिक भजन, सरस्वती पूजन तथा पुरस्कार वितरणसमेत गरिएको थियो।