2082/1/6 09:40:46
महेन्द्रनगर नमुना माध्यमिक विद्यालय(साधारण स्कूल) को अनुगमन गरेर विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा चौतर्फी विकासमा थप हौसला प्रदान गर्नुभएकोमा सुदूरपश्चिम प्रदेश
सरकारका माननीय सामाजिक विकास मन्त्री मेघराज खड्का ज्यू, सामाजिक विकास सचिव डा.हेमराज रेग्मी ज्यू, शिक्षा निर्देशनालय दिपायल डोटीका महानिर्देशक आदरणीय श्री दुर्गादत्त विष्ट ज्यू, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष आदरणीय गुणराज मोक्तान ज्यू , केन्द्रीय महासचिव देवी खड्का ज्यू, केन्द्रीय सचिव कासिनाथ दंगाल,केन्द्रीय सचिव तथा यस विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यूलगायत विशिष्ट व्यक्तित्वहरूलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद ।
आगामी दिनमा पनि यहाँहरूको सल्लाह, सुझाव, सहयोग तथा मार्ग निर्देशनको अपेक्षासहित हार्दिक आभार प्रकट गर्दछौँ।