2082/1/11 11:03:24
मिति २०८२ बैशाख ११गते कैलालीको धनगढी, SPA कलेजमा सनराइज मिडिया प्रा. लि.द्वारा आयोजित हाजिरीजवाफ प्रतियोगिताको मेगा राउन्डबाट उत्कृष्ट अंकका साथ प्रथम
भई सुपर मेगा राउन्डमा प्रवेश गर्नुभएकोमा श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) लगनशील, जेहनदार र अनुशासित विद्यार्थीहरू मावन भाट, जीवन राज भट्ट र अनामिका धामीलाई हार्दिक बधाई तथा सुपर मेगा राउन्डमा अझै उत्कृष्ट नतिजाको लागि हार्दिक शुभकामना। साथै यस कार्यक्रममा सहजीकरण गर्नुहुने शिक्षक श्री शंकर दत्त जोशी सरलाई विशेष धन्यवाद।