योग शिक्षा
2082/2/3 08:05:09
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण स्कूल) मा आज शनिबार बिहान कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई सामाजिक अध्ययन विषय अन्तर्गतको योग शिक्षाको अभ्यास
गराउन विद्यालयको प्राङ्गणमा योग प्रशिक्षक तथा विद्यालयका पूर्व शिक्षक श्री विजयालक्ष्मी अवस्थी ज्यू र योग तथा मनोपरामर्श समितिका संयोजक श्री तारा पालद्वारा योग, ध्यान, व्ययाम र प्रणायाम सम्बन्धी अभ्यास कार्यक्रम सुसम्पन्न।
प्रधानाध्यापक देवराज भट्ट ज्यूको अध्यक्षता तथा योग प्रशिक्षक श्री विजयालक्ष्मी अवस्थी ज्यू प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा शिक्षक, कर्मचारी र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
योग शिक्षासम्बन्धी व्यावहारिक ज्ञान दिएर सहजीकरण गर्नुभएकोमा प्रशिक्षक ज्यूलाई हार्दिक धन्यवाद। ॐ!