विज्ञान प्रयोगशाला भवनको समुद्घाटन
2083/3/8 18:27:18
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) भीमदत्त न पा कञ्चनपुरको आन्तरिक स्रोतबाट नवनिर्मित ६ कोठे दुई तले अत्याधुनिक विज्ञान प्रयोगशाला भवनको समुद्घाटन कार्यक्रम सुसम्पन्न।
भीमदत्त नगरपालिकाका नगर प्रमुख श्री पदम बोगटी ज्यूको प्रमुख आतिथ्य तथा विव्यस अध्यक्ष श्री वीरेन्द्र राज विष्ट ज्यूको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमा भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख श्री हरिदत्त दत्त जोशी ज्यू , पूर्व प्रधानाध्यापक श्री उदय प्रकाश सावदज्यू,श्री ललित सिंह साउद ज्यू वर्तमान तथा पूर्व विव्यस, पिटिए पदाधिकारीहरू, पूर्व शिक्षक /कर्मचारी,प्रधानाध्यापक शिक्षक ,कर्मचारीहरू अभिभावक ज्यू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद। मिति २०२८३/०३/०८ सोमबार