099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
हार्दिक बधाई तथा शुभकामना!
श्री महेन्द्रनगर माध्यमिक विद्यालयको फुटबल टिमले International Cup मा उत्कृष्ट प्रदर्शन गर्दै Runner-Up (second) स्थान हासिल गरेर नगद रू ३००००(तीस हजार) ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा टिम क्याप्टेन लगायत सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई। सहजीकरण गर्नुहुने संयोजक, सह संयोजक तथा विद्यालय परिवारलाई हार्दिक बधाई साथै आयोजक परिवारलाई हार्दिक धन्यवाद
16 Ashwin 2083
कक्षा ११/१२ को प्रथम त्रैमासिक परीक्षा सम्पन्न।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा माध्यमिक तह कक्षा११/१२ को प्रथम त्रैमासिक परीक्षा सुसम्पन्न। परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्नुहुने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, संयोजक, सह संयोजक, कक्षाशिक्षक, विषयशिक्षक, परीक्षा समिति, प्राविधिक शिक्षक, कर्मचारीहरू तथा सम्पूर्ण विद्यार्थी नानीबाबुहरूलाई हार्दिक धन्यवाद। मिति २०८३/०६/१५ बिहीबार
15 Ashwin 2083
विद्यालयको खेल मैदान सेरेफेरोमा सरसफाइ !
बर्षातको मौसम समाप्तिसँगै इको क्लबको सहकार्यमा कर्मचारीहरूद्वारा विद्यालयको खेल मैदान सेरेफेरोमा वातावरणीय सरसफाइ!
14 Ashwin 2083
आधारभूत तह (१-५)को कार्यालय व्यवस्थापन ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) आधारभूत तह (१-५)को कार्यालय व्यवस्थापनको कार्य सुसम्पन्न। विव्यस अध्यक्ष ज्यूको पहल र सक्रिय सहभागितामा विव्यस सदस्य ज्यू,प्रधानाध्यापक ज्यू, मा वि संयोजक,अनुशासन समिति संयोजक,शिक्षक प्रतिनिधि ज्यू लगायत अन्य शिक्षक तथा कर्मचारीहरूले खटेर सहयोग गर्नुभएकोमा सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हार्दिक धन्यवाद।
14 Ashwin 2083
कक्षा ९ समूह ‘घ’ का विद्यार्थीहरूको सामाजिक अध्ययन विषयअन्तर्गत ‘सुशासन’ पाठको परियोजना कार्य
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) माध्यमिक तह कक्षा ९ समूह ‘घ’ का विद्यार्थीहरूको सामाजिक अध्ययन विषयअन्तर्गत ‘सुशासन’ पाठको परियोजना कार्यका क्रममा विद्यालयमा सुशासन कायम गर्न गरिएका असल अभ्यासहरूका विषयमा विद्यालयका प्रधानाध्यापकज्यूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। यस कार्यक्रमले विद्यार्थीहरूलाई विद्यालयमा सुशासन, पारदर्शिता, उत्तरदायित्व, सहभागिता तथा अनुशासनका लागि गरिएका अभ्यासहरूबारे व्यवहारिक ज्ञान प्राप्त गर्न सहयोग पुगेको छ। मिति २०८३/०६/१३ मङ्गलबार विषय शिक्षक : भुवन प्रसाद भट्ट
13 Ashwin 2083
कृतिका भट्ट र भावना जोशीलाई हार्दिक बधाई तथा धन्यवाद !
हार्दिक बधाई तथा धन्यवाद! श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा १० समूह'क' मा अध्ययनरत बहुप्रतिभावान विद्यार्थी भावना जोशीले निरामयम् योग प्रतिष्ठान काठमाडौंद्वारा आयोजित राष्ट्रव्यापी अनलाइन गीताज्ञान वक्तृत्वकला प्रतियोगिताका सम्पूर्ण चरणहरू पार गर्दै देशभरका ७०जना प्रतिस्पर्धीहरू मध्ये उत्कृष्ट प्रस्तुतीसहित प्रथम स्थान हासिल गरेर नगद रू. २५ हजार तथा कक्षा ११ विज्ञान समूह 'ग' मा अध्ययनरत कृतिका भट्टले उत्कृष्ट १५ वक्ता अन्तर्गत छनौट भइ नगद रू.१ हजार तथा प्रमाणपत्र प्राप्त गर्न सफल हुनभएकोमा हार्दिक बधाई तथा श्री कृष्ण जन्माष्टमीको दिन वितरण गरिएको उक्त पुरस्कार तथा प्रमाणपत्र काठमाडौंबाट ल्याएर हस्तान्तरण गर्नुहुने आदरणीय व्यक्तित्व योगाचार्य सुरेन्द्र ओझा सर तथा आयोजक परिवारलाई हार्दिक धन्यवाद।
13 Ashwin 2083
विद्यार्थीहरू घरबाटै खाजा बोकेर साथीहरूसँग रमाउँदै खान्छन्।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न नदिन चाउचाउ लगायतका बजारका तयारी खाना (जङ्क फुड) निषेध गरिएको छ। विद्यार्थीहरू घरबाटै खाजा बोकेर साथीहरूसँग रमाउँदै खान्छन्। घरबाट खाजा तयार पारेर पठाउनुहुने आदरणीय अभिभावक ज्यूहरू तथा विद्यार्थी नानीबाबुहरूलाई हार्दिक धन्यवाद। ( फोटो कक्षा १०)
12 Ashwin 2083
सूचना।
आज मिति २०८३/०६/१२गते सोमबारदेखि विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने बेहोरा सबैलाई जानकारी गरिन्छ।
12 Ashwin 2083
विद्यालयको ५०औँ वार्षिकोत्सव(स्वर्ण जयन्ती) सम्बन्धी बैठक
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा प्रतिकूल मौसमका कारण विद्यार्थीहरूको नियमित पठनपाठन बन्द भएकाले विदाको समयको सदुपयोग गर्दै पुस १५ गते हुने विद्यालयको ५०औँ वार्षिकोत्सव(स्वर्ण जयन्ती) सम्बन्धी प्रारम्भिक बैठक विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरूको संयुक्त उपस्थितिमा बसेर विभिन्न प्रस्तावहरूमा छलफल सुसम्पन्न । मिति २०८३/०६/०९ शुक्रबार ।
12 Ashwin 2083
कक्षा ९ र १० का मनिटर र सहायक मनिटरहरूसंग बैठक ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) माध्यमिक तह (कक्षा ९-१०)का कक्षा मनिटर र सहायक मनिटरहरूलाई कक्षाकोठाभित्रको सिकाइ वातावरणलाई थप सहज र व्यवस्थित बनाउन अनुशासन समिति संयोजक तथा तहगत संयोजकसहित छलफल सुसम्पन्न। मिति २०८३/०६/०८ बिहीबार ।
8 Ashwin 2083
खाली कक्षा व्यवस्थापन अन्तर्गत विद्यालयको प्रङ्गणमा वातावरणीय सरसफाइ तथा सजावटमा विद्यार्थीहरूको सक्रिय सहभागिता।
खाली कक्षा व्यवस्थापन अन्तर्गत विद्यालयको प्रङ्गणमा वातावरणीय सरसफाइ तथा सजावटमा विद्यार्थीहरूको सक्रिय सहभागिता।
8 Ashwin 2083
विद्यार्थीहरूलाई विद्यालयमा सुरक्षित आवतजावत गराईदिने सम्बन्धी अभिभावक ज्यूहरुलाई अत्यन्त जरुरी सूचना ।
विद्यार्थीहरूलाई विद्यालयमा सुरक्षित आवतजावत गराईदिने सम्बन्धी अभिभावक ज्यूहरुलाई अत्यन्त जरुरी सूचना ।
8 Ashwin 2083
Previous
Page 3
Next