099521264
mahendranagarsceschool@gmail.com
MA
SHREE MAHENDRANAGAR SECONDARY SCHOOL
Apply for Admission
Home
About Us
MESSAGE
Chairperson Message
Principal Message
Vice Principal Message
Our Mission
History
School Profile
Class
Teacher
Complaint Hearing Committee
Treasure Fund
Fee Structure
Treasure Scholarship
FAQ
Vision
Administration
Academic
Finance
Library
Information Technology
Academic Programs
SCIENCE
MANAGEMENT
EDUCATION
LAW
TECHNICAL EDUCATION (CTEVT)
SECONDARY LEVEL
BASIC LEVEL
Publications
SADHARAN MANJARI
ACADEMIC CALENDAR
WALL NEWSPAPER
Gallery
Photo Gallery
Video Gallery
Notices
Profiles
SCHOOL MANAGEMENT COMMITTEE
TEACHER PARENTS ASSOCIATION
SUBJECTIVE DEPARTMENT
NEPALI DEPARTMENT
ENGLISH DEPARTMENT
MATHEMATICS DEPARTMENT
SOCIAL DEPARTMENT
ACCOUNT DEPARTMENT
ECONOMICS DEPARTMENT
COMPUTER DEPARTMENT
EDUCATION DEPARTMENT
HEALTH DEPARTMENT
SCIENCE DEPARTMENT
AWARD ACHIEVEMENT
ACADEMIC DEPARTMENT
SECONDARY (11–12) DEPARTMENT
SECONDARY (9–10) DEPARTMENT
BASIC LEVEL (6–8) DEPARTMENT
CIVIL ENGINEERING DEPARTMENT
BASIC LEVEL (NURSARY-5) DEPARTMENT
SUB-COMMITTEE DEPARTMENT
DISCIPLINE COMMITTEE
EXTRA AND CULTURAL COMMITTEE
RED CROSS, ECO AND BAL CLUB SUB-COMMITTEE
SPORTS SUB-COMMITTEE
EXAM SUB-COMMITTEE
Contact
Notices
Home
/
Notices
Active
Archived
All
General
Exam
Holiday
Fee
Meeting
Sports
Event
कक्षा ४-५ का अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा आधारभूत तह (कक्षा ४-५) का अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। कार्यक्रमको समापन लगत्तै अभिभावक ज्यूहरूबाट आएका सल्लाह र सुझावसमेतको समीक्षा गर्न कक्षाशिक्षक तथा सम्बन्धित तहका सम्पूर्ण शिक्षक स्टाफहरूसँग समीक्षात्मक बैठक समेत सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू लगायत सबैलाई हार्दिक धन्यवाद। मिति २०८३/०६/०४ आइतबार।
4 Ashwin 2083
संविधान दिवस
संविधान दिवसको अवसरमा श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)द्वारा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरी प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरूलाई क्रमशः रू१२००,८०० र ४०० नगद सहित प्रमाणपत्र प्रदान गरियो। विजेता विद्यार्थीहरूलाई हार्दिक बधाई तथा सहभागी विद्यार्थीहरू र कार्यक्रम सुसम्पन्न गर्नुहुने माध्यमिक तहका संयोजक, सह संयोजक,अनुशासन समिति संयोजक लगायत सम्पूर्ण सर मेमहरूलाई हार्दिक धन्यवाद। विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेर हौसला प्रदान गर्नुहुने विव्यस, पिटिए,प्रअ,सप्रअ लगायत सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई विशेष धन्यवाद।
3 Ashwin 2083
कक्षा ४-५ को अभिभावक भेलामा उपस्थित भइ दिनहुन जानकारी सहित हार्दिक अनुरोध गरिन्छ।
भोलि मिति २०८३/०६/०४ गते आइतबार ८ बजे आधारभूत कक्षा ४-५ को अभिभावक भेला तपसिलको पत्रअनुसार हुने भएकाले सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूलाई व्यक्तिगत फोन सम्पर्क तथा विद्यार्थीहरूमार्फत पत्राचार गरिएको भए पनि कारणबस सूचना प्राप्त नभएमा यसै सूचनामार्फत उपस्थित भइ दिनहुन जानकारीसहित हार्दिक अनुरोध गरिन्छ। धन्यवाद।
3 Ashwin 2083
कक्षा १-३ का अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा आधारभूत तह (कक्षा १-३) का अभिभावक ज्यूहरूसँग शैक्षिक गुणस्तर सुधार लगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न। कार्यक्रमको समापन लगत्तै अभिभावक ज्यूहरूबाट आएका सल्लाह र सुझावसमेतको समीक्षा गर्न कक्षाशिक्षक तथा सम्बन्धित तहका सम्पूर्ण शिक्षक स्टाफहरूसँग समीक्षात्मक बैठक समेत सुसम्पन्न भएको छ। उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू लगायत सबैलाई हार्दिक धन्यवाद। मिति २०८३/०६/०३ शनिबार।
3 Ashwin 2083
अभिभावक भेला कक्षा १-३
भोलि मिति २०८३/०६/०३ गते शनिबार ८ बजे आधारभूत कक्षा १-३ अभिभावक भेला तपसिलको पत्रअनुसार हुने भएकाले सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूलाई व्यक्तिगत फोन सम्पर्क तथा विद्यार्थीहरूमार्फत पत्राचार गरिएको भए पनि कारणबस सूचना प्राप्त नभएमा यसै सूचनामार्फत उपस्थित भइ दिनहुन जानकारीसहित हार्दिक अनुरोध गरिन्छ। धन्यवाद।
2 Ashwin 2083
जन्मदिनको शुभकामना।
1 Ashwin 2083
विश्वकर्मा पूजा ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) मा विद्यालय बसको पूजासहित विश्वकर्मा पूजा सुसम्पन्न। विश्वकर्मा भगवानले सबैको रक्षा गरून्।
1 Ashwin 2083
कक्षा १–५ मा अध्यापनरत शिक्षकहरूबीच विद्यालय बिदापश्चात् साँझ (४:३० बजेपछि) नियमित बैठक तथा अन्तरक्रिया ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा शिक्षक–अभिभावक संघ तथा आधारभूत तह (कक्षा १–५) मा अध्यापनरत शिक्षकहरूबीच विद्यालय बिदापश्चात् साँझ (४:३० बजेपछि) नियमित बैठक तथा अन्तरक्रियालाई निरन्तरता दिँदै शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल कार्यक्रम सुसम्पन्न। २०८३/०५/३१ बुधबार ।
31 Bhadra 2083
भीमदत्त नगरपालिको दरबन्दी मिलानमा श्री जानकी कन्या माध्यमिक विद्यालयबाट आउनुभएका आशो यादव मेडमलाई स्वागत ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा अध्यापनरत विज्ञान विषय शिक्षकहरूसँग नियमित पठनपाठन तथा विज्ञान विषय प्रवर्धन सम्बन्धी छलफल कार्यक्रम सुसम्पन्न। साथै भीमदत्त नगरपालिको दरबन्दी मिलानमा श्री जानकी कन्या माध्यमिक विद्यालयबाट आउनुभएका आशो यादव मेडमलाई स्वागत गरियो। मेडमलाई हार्दिक स्वागत तथा शुभकामनासहित सबैलाई हार्दिक धन्यवाद। मिति २०८३/०५/३१ बुधबार दिउँसो खाजा समयमा ।
31 Bhadra 2083
कक्षा १० विज्ञान विषयको परीक्षा OMR प्रणालीबाट सञ्चालन ।
श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालय (साधारण) मा सञ्चालित अतिरिक्त कक्षा अन्तर्गत कक्षा १० विज्ञान विषयको परीक्षा OMR प्रणालीबाट सफलतापूर्वक सम्पन्न भएको छ। उक्त परीक्षामा जम्मा ५० वटा वस्तुगत प्रश्न समावेश गरिएको थियो र पूर्णाङ्क १०० रहेको थियो। बिदाको दिनमा पनि शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर खटेर काम गर्नुहुने संयोजक, सह संयोजक, विषय शिक्षक, सम्पूर्ण विद्यार्थी नानीबाबुहरूलाई तथा आदरणीय अभिभावक ज्यूहरूलाई हार्दिक धन्यवाद। मिति २०८३/०५/२९ सोमबार (तीज पर्व)
29 Bhadra 2083
भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. ६०,३५०/-(साठी हजार तीन सय पचास) रकम सहयोग ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल)मा अध्ययनरत विद्यार्थीहरूद्वारा सङ्कलित तथा विद्यालय परिवारको तर्फबाट भोटेकोसी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू. ६०,३५०/-(साठी हजार तीन सय पचास)रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट रूपमा पठाइएको छ। यस मानवीय तथा सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा स्वस्फूर्त रूपमा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थीहरू लगायत विद्यालय परिवारलाई हार्दिक धन्यवाद ।
26 Bhadra 2083
सामाजिक अध्ययन सुशासन पाठको परियोजना कार्य अन्तर्गत विद्यालयमा सुशासन कायम गर्न गरिएका असल अभ्यासहरूको बिषयमा विद्यालयका प्र अ ज्यूसँग छलफल कार्यक्रम ।
श्री महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण स्कूल) कक्षा ९ समूह 'इ' का विद्यार्थीहरूको सामाजिक अध्ययन सुशासन पाठको परियोजना कार्य अन्तर्गत विद्यालयमा सुशासन कायम गर्न गरिएका असल अभ्यासहरूको बिषयमा विद्यालयका प्र अ ज्यूसँग छलफल कार्यक्रम सुसम्पन्न । विषय शिक्षक :- लोकेन्द्र प्रसाद जोशी। मिति २०८३/०५/२६ शुक्रबार।
26 Bhadra 2083
Previous
Page 5
Next